विराटनगर । उपभोक्ताको अधिकारलाई अनदेखा गरेर देश विकास संभव नहुने विराटनगरका बौद्धिक समुदायको धारणा रहेको छ ।विराटनगरका बौद्धिकहरूको संस्था एलिट क्लबमा पुस १ गते शुक्रबार भएको छलफलका वक्ताहरूले सो धारणा व्यक्त गरेका हुन् ।
उपभोक्ता अधिकारको वर्तमान अवस्था र राज्यबाट अपेक्षा विषयमा विचार प्रस्तुत गर्दै उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले गुणस्तरीय उत्पादन, सुलभ बजार महुँच र विवकशील उपभोक्ता नभएसम्म उपभोक्ता अधिकार बहाल हुन नसक्ने बताउनु भयो ।
भण्डारीले उपभोक्ता ऐनले स्थानीय तहलाई बलियो बनाएको र वडा अध्यक्षलाई नै बजार अनुगमनको अधिकार प्रदान गरेको स्मरण गर्दै बनेका कानुनको कार्यान्वयन र बजार अनुगमनलाई प्रभावकारी बनाउन राज्यको महत्वपूर्ण भूमिका होओस् भनी अपेक्षा गरिएको बताउनु भयो ।
पूर्वाञ्चल विश्वविद्यालयको पूर्व डिन प्रा.डा. खगेन्द्र आचार्यले उपभोक्ता संगठित भएर अगाउड बढ्न नसक्ने र बजारमा विक्रेताको हालीमुहाली रहने भएकाले उपभोक्ताको अधिकार बहाली हुन नसकेको विचार व्यक्त गर्नु भयो ।
पूर्व न्यायाधीश रामकृष्ण बिष्टले पूर्व सूचना दिएर अनुगमन गर्ने प्रणाली नै अहिलेको चरम बेथिती रहेको चर्चा गर्दै अनुगमनलाई प्रभावकारी नबाउने र उपभोक्ता अधिकार उल्लेङ्घनको मुद्दालाई सरकारवादी बनाएर उपभोक्ता अदालतमा दायर गर्ने व्यवस्था भए मात्र उपभोक्तामाथि हुन ज्यादती नियन्त्रण गर्न सकिने सुझाव दिनुभयो ।
महेन्द्रमोरङ क्याम्पसका ब्यवस्थापन संकायका उपप्राध्यापक डा.मोहन सुवेदीले राज्यबाट अनुमनको जिम्मा लिएको गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्तालाई ठगी गर्नेहरूलाई कारवाही गर्नुको सट्टा पैसा कमाउने अवसरका रुपमा लिएकाले नै बजारमा बेथिति बढेको बताउनु भयो ।
क्लबका अध्यक्ष विश्वनाथ रिजालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका महासचिव यज्ञप्रसाद शर्माले विषयको सान्दर्भिकताबारे प्रकाश पार्दै सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा क्लका अर्थसचिव मणिकुमार अज्र्याल, पूर्वअध्यक्ष टकिा उप्रेती, प्रा.डा मेदनी शर्मा, पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्की, युवा अभियन्ता उत्तम ढेङ्गेल, महिला अधिकारकर्मी मीना श्रेष्ठ, भारती उपाध्याय, रीता पन्त लगायतले विचार उपभोत्ताmको अधिकार ऐनमा भए पनि ब्यवहारमा रुपान्तरण हुन नसकेको गुनासो गर्नु भएको थियो ।

