एलिट क्लबमा पुरानै टिम निर्विरोध

एलिट क्लबमा पुरानै विराटनगर । ६२ वर्षअघि स्थापित एलिट क्लब विराटनगरको बेशाख ४ गते शनिबार सम्पन्न साधारणसभाले विश्वनाथ रिजालको अध्यक्ष रहेको नौ सदस्यीय कार्यसमितिलाई पुनः एक कार्यकालका लागि निविरोध निर्वाचित गरेको छ ।
निर्वाचन समितिका संयोजक अधिवक्ता डिल्लीबहादुर कार्कीले साधारण सभामा सहभागी सदस्यहरूको सहमतिमा निर्विरोध नयाँ नेतृत्व घोषित गर्नुभएको हो । सभामा सबैले एकमतबाट राम्रो काम गरिरहेको मूल्याङ्कन गर्दै साविकको कार्यसमितिलाई थप एक कार्यकाल अवसर प्रदान गरेको हो ।
नयाँ कार्यसमितिका महासचिव यज्ञप्रसाद शर्मा, अर्थ–सचिव केदारबहादुर थापा,सांस्कृतिक सचिव रूक्मिणी कोइराला, सदस्यहरूमा मणिकुमार अज्र्याल, सुशीलकुमार झा, प्रमिला थापा, सोमराज थापा तथा लिल्लाबल्लभ घिमिरे निर्विरोध निर्वाचित हुनु भएको थियो ।
साधारणसभाले महासचिव यज्ञप्रसाद शर्मा र अर्थ–सचिव केदारबहादुर थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि कार्ययोजना पनि पारित गरेको छ । जसमा आजीवन सदस्यता शुल्क मुद्दति खातामा सुरक्षित राख्ने, सभाहलको बाहिरपट्टि बहुउपयोगी हल निर्माण गर्ने तथा एलिट जर्नललाई निरन्तरता दिने जस्ता महत्वपूर्ण बुँदाहरू रहेका छन् ।
साधारण सभाको शुभारम्भ क्लबको नव निर्मित वेबसाइट सार्वजनिक गर्दै संस्थापक राधाप्रसाद घिमिरेले गर्नुभएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top