विराटनगर । मानव अधिकारवादी नेता कृष्ण पहाडीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारीलाई कारवाही गरेर दण्डहीनताको अवस्थाबाट मुलुकलाई अगाडि बढउन सरकारसमक्ष माग गर्नु भएको छ ।
जेठ ११ गते विहीबार एलिट क्लब विराटनगरले आयोजना गरेको भ्रष्टाचार विरोधी आन्दोलनमा नागरिक समाजको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै पहाडीले सो माग गर्नु भएको हो ।
मुलुकमा पन्पिएको भ्रष्टाचार र भ्रष्टाचारीलाई राजनीतिक संरक्षण भएको कारण दण्ड हुन नसको अवस्थाबाट जनता निराश भएको बताउँदै पहाडीले भ्रष्टाचारीमाथि कानुन बमोजिमको कारवाही भएपछि मात्र जनताले चित्त बुझाउने अवस्था हुने उहाँको भनाइ थियो ।
उहाँले नागरिक समाजले गर्ने आन्दोलन शान्तिपूर्ण हुनुपर्ने र ठोस निष्कर्ष ननिस्किइञ्जेल निरन्तर अगाडि बढिरहनुपर्ने सुझाव दिँदै हिंसात्मक आन्दोलनको पक्षपोषण गर्न नहुने बताउनु भयो । उहाँले नागरिक आन्दोलनलाई दमन नगर्न सरकारलाई चेतावनी दिँदै भन्नुभयो, ‘दमनले आन्दोलनको आगो निभ्दैन, बरु झनझन बलेर जान्छ ।’
कार्यक्रममा एलिट क्लबका पूर्व महासचिव प्रा. कृष्ण पोखरेलले संसदभित्र भ्रष्टाचार विरोधी र भ्ष्टाचार ढाकछोप गर्न चाहनेबीच ध्रुवीकरण जरुरी रहेको बताउँदै भ्रष्टाचारको विरुद्ध साझा मुद्दा बनाएर नागरिक संस्थाहरु आन्दोलनमा लाग्न जरुरी रहेको बताउनु भयो ।
नेपालको निर्वाचन प्रणाली नै भ्रष्टाचारका लागि प्रमुख कारक भएको चर्चा गर्दै भ्रष्टाचार विरुद्ध नागरिक निगारी संस्था मोरगका अध्यक्ष तथा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले भ्ष्टाचार रोकनका लागि नेपालको निर्वाञन प्रणालीमा सुधार ल्याउनु पर्ने सुझाव दिनु भयो ।
स्वतन्त्र पत्रकार रामरिघझन यादवले पञ्चायतकालदेखि लोकतन्त्रकालसम्म भ्ष्टाचारले निरन्तरता पाइरहनुका पछाडि रहेको सैद्धद्धान्तिक कारण खोजेर निराकरणको उपाय खोज्नु पर्ने बताउनु भयो । सधै राजनीतिक आन्दोलन सम्झौतामा टुगिएकोले नै त होइन, उहाँले प्रश्न गर्नुभयो ।
क्लबका अध्यक्ष विश्वनाथ रिजालको अध्यक्षमा सञ्चालित छलफल कार्यक्रममा महासचिव यज्ञप्रसादशर्माले स्वागत मन्तव्य गर्नु भएको थियो भने क्लबका पूर्व अध्यक्ष महेन्द्र प्रसाद रिजाल, प्राडा. मेदनी प्रसाद शर्मा, सुधीर अर्याल, पुष्प कार्की, प्रकाश दाहाल, उत्तम ढुंगेल लगायतले मन्तव्य ब्यm बगर्नुभएको थियो ।



