एलिट क्लब विराटनगर: बौद्धिक विमर्शको थलो
एलिट क्लब विराटनगर नेपालको एक अग्रणी र प्रतिष्ठित बौद्धिक संस्था हो। विराटनगरका युवा
शिक्षाविद, समाजसेवी र राजनीतिक बुद्धिजीवीले सन् १९५८ अप्रिल १४ (वि.सं. २०१५ बैशाख
१गते) यो संस्था स्थापना गरेका थिए ।लामो समयदखि बैचारिक बहसको थलोको अभाव महसुस
भइरहेको बेला स्थापित यस क्लबमा समयको क्रमसँगै विभिन्न क्षेत्रका अगुवा र बौद्धिक व्यक्तित्वहरू
सामेल भए । अहिले सबै विचार र सबै पेशाका व्यक्तिहरू रहेको अगुवा नागरिक संगठनका रूपमा
भूमिका निर्वाह गरिरहेको छ ।
स्थापनादेखि नै यस क्लबले समसामयिक महत्वको विषयमा सेमिनार, कार्यशाला आदि
सञ्चालन गर्नुका साथै राजनीतिक दलका शीर्ष नेता, चर्चित सामाजिक अगुवाहरू, शिक्षाविद्, मानव
अधिकारकर्मी र नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने जस्ता प्राज्ञिक अभ्यास गर्दै अएको छ ।
समसामयिक विषयहरूमा छलफल गरी धारणा बनाउनका लागि साझा मञ्च प्रदान गर्दै आएको छ। एलिट क्लबले गरेका कार्यक्रमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पर्याप्त महत्वका साथ कभरेज
गरेको पाइन्छ ।
एलिट क्लब विराटनगरको कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारीको कार्यालय भन्दा केही उत्तर शनिहाट
चौक नजिक सहिद मार्गमा अवस्थित छ। लगभग चार कट्ठा क्षेत्रफल भएको जग्गामा यसको आफ्नै
कार्यालय भवन छ । यससँगै पर्याप्त पार्किङ सुविधा सहित आधुनिक सभाहल पनि छ।
क्लबका उद्देश्यहरू:
- समकालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार निर्माण र आदानप्रदान गर्न
- सार्वजनिक र राष्ट्रिय हितका लागि योगदान पुग्ने काम गर्ने
- क्लबका सदस्यहरूको बौद्धिक क्षमता विकास र प्रवर्धन गर्ने
- नेपालमा सहभागितामूलक बहुलीय प्रजातन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि पैरवी र काम गर्ने
