पूर्वप्रधानमन्त्रीहरु देशको सम्पति नबन्नु दुर्भाग्यः प्रा. पोखरेल

विराटनगर, २४ असार २०७७ । राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलले नेपालका पूर्वप्रधानमन्त्रीहरु देशको लागि दायित्वका रुपमा रहनु नै मुलुकका लागि दुभाग्य भएको बताउनु भएको छ । उहाँले नेपाली राजनीतिमा देखिएको विकृति त्यसैको उपज भएको टिप्पणी गर्नुभएको छ ।

एलिट क्लब विराटनगरको आयोजनामा बुधबार भएको संसदीय लोकतन्त्रमा पार्टी–सरकार सम्बन्ध भन्ने विषयको अनलाइन छलपफ्लमा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।
एलिट क्लब विराटनगरका पूर्व महासचिव प्रा. पोखरेलले अगाडि भन्नुभयो, अरुदेशमा राष्ट्रपति तथा पूर्व प्रधानमन्त्रीहरु पदबाट हटेपछि आपफ्नो व्यवसायमा पर्फ्किन्छन् । तर, नेपालमा पूर्व प्रधानमन्त्रीहरुको कुनै व्यवसाय छैन । पदबाट खुस्किएपछि राजनीतिमा आउँछन् । राजनीतिलाई नै कमाउने माध्यम बनाउँछन् । त्यसैले पूर्व प्रधानमन्त्रीलाई जीवनभर भरणपोषण गर्नुपर्ने दायित्व राज्यका सामू रहेको हुन्छ । उहाँले राजनीति विकृत बन्नुको एउटा महत्वपूर्ण कारण यही भएको औल्याउँदै भन्नुभयो–सत्तारुढ दलका पूर्व प्रधानमन्त्रीहरु कसैले सात महिना त कसैले आठ नौ महिना सरकार चलाउँनु भयो, अनि जानुभयो । नौ महिनाभन्दा बढी सरकार चलाएको अनुभव कसैसँग छैन । सरकार चित्तबुभफ्दो गरी चलाउन नपाएको तृष्णा उहाँहरुसँग रहेकोले नै बारम्बार राजनीतिमा हस्तक्षेप गरिरहेने प्रवृत्ति देखिएको हो ।
आपफ्लूे विद्यार्थी हुँदा डेरामा दुःखले बसेका नेताहरु देख्दा उनीहरुप्रति श्रद्धा जागेको स्मरण गर्दै अहिले तिनै नेता आलिसान महलका मालिक बनेको अनुभव देख्दा आश्चर्य लाग्छ । प्रा. पोखरेलले भन्नुभयो, उहाँहरुको कमाइ वा व्यवसाय केही छैन । गरेको राजनीति मात्र हो । तर, उहाँहरुको आर्थिक उन्नति बषेनि उल्लेख्य मात्रामा भइरहेको कुरा सबैले देखिए आएकै ह् ो।
वर्तमान समयमा सत्तारुढ नेकपाभित्र देखिएको विवादतपफर्् लक्षित गर्दै प्रा. पोखरेलले पूर्वप्रधानमन्त्रीहरु तीनजना सत्ता बाहिर हुनुहुन्छ । उहाँहरुले आपफ्नो भूमिका खोज्न थालेकाले नै समस्या बल्भिफ्एको हो भन्नुभयो । यसको समाधानका लागि प्रधानमन्त्रीले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताउँदै भन्नुभयो प्रधानमन्त्रीसँग साधनस्रोत हुन्छ । विभिन्न ठाउँमा नियुत्तिफ् गर्ने अधिकार हुन्छ । त्यसैले उहाँहरुलाई कसरी व्यवस्थापन गर्ने र सरकार सञ्चालनमा उहाँहरुबाट कसरी सहयोग लने भन्ने विषयमा प्रधानमन्त्रीले नै महत्वपूर्ण भुीमका खेल्नुपर्ने हुन्छ ।
देशको सम्पति बन्न नसकी दायित्वका रुपमा रहेका तिनै पूर्व प्रधानमन्त्रीहरुको सही व्यवस्थापन गर्नमा कमी भएकोले नै सत्तारुढ दलमा विवाद सिर्जना भएको जस्तो मलाई लाग्छ, उहाँले भन्नुभयो ।
सत्तारुढ दलको अध्यक्ष नै प्रधानन्त्री हुने संसदीय प्रणली हो तर यहाँ सत्तारुढ दलको अध्यक्ष नै प्रधानमन्त्री हुँदा पनि एक व्यत्तिफ् एक पदको कुरा उठाएर व्यवधान गर्नु संसदीय लोकतन्त्रको मूल्य मान्यता विपरीत भएको टिप्पणी उहाँले गर्नुभयो ।
यस्तो विवाद अहिले मात्र होइन वि.सं.. २००७ को परिवर्तनपछि बनेको मातृका प्रसाद क्इोरालाको सरकारकै बेला विपी कोइरालाले एक व्यत्तिफ् एक पदको माग गर्नुभएको प्रसंग उल्लेख गदै पोखरेलले वि.सं. २०१६ मा सरकार बनाउँदा दुवै पद वीपीले नै लिएर आपफ्नो अडान आपफ्लैे कुल्चिन पुगेको उदाहरण पनि दिनुभयो । पछिल्लो समयमा वि.सं. २०४८ मा नेपाली कांग्रेसको बहुमतको सरकार भएको बेला र अहिले नेकपाको बहुमतको सरकार भएको बेला पनि सत्तारुढ दल र सरकारका बीचमा मतभेद र असामन्जस्यता देखिएको उल्लेख गर्दै सत्तारुढ दलभित्रको विवाद चर्किएर गएमा त्यसले सरकारलाई मात्र होइन मुलुकलाई नै हानी गर्ने गरेको दृष्टान्त दिनुभयो ।
क्लबका अध्यक्ष विश्वनाथ रिजालको अध्यक्षतामा सम्पन्न अनलाइन छलपफ्लमा विभिन्न जिल्लाका सहभागीहरुमध्ये १३ जनाले प्रस्तोतासँग जिज्ञासा राखेका थिए । कार्यत्रफ्म क्लबका महासचिव यज्ञप्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो ।–शुभस–

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top