एलिट क्लबको सभाहल उद्घाटन

विराटनगर । विराटनगरको पुरानो तथा प्रतिष्ठित नागरिक संस्था एलिट क्लबले ६२ वर्ष पूरा गरेको उपलक्ष्यमा २०७८ बैशाख १ गते पुनर्निर्मित सभाहल उद्घाटन गरेको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कर्कीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको सभाहल विराटनगर महानगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा पुर्निर्माण कार्य भएको थियो ।
सुविधासम्पन्न सभाहलमा करिब दुईसय मानिस सहभागी भएर एक साथ कार्यक्रम गर्न सक्छन् । सचिवालय, शौचालय समेत एटाच रहेको सभाहलसम्म पुग्ने ¥याम्प पनि निर्माण गरिएको छ ।
सभाहल पुनर्निर्माणका लागि विराटनगर महानगरपालिकाले २२ लाख ६८ हजार ८२० रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
वि.सं. २०१५बैशाख १ गते स्थापना भएको सो क्लबको विराटनगर ७ शनिहाट चौक नजिकै चार कट्ठा तीन धूर जमिनमा आफनै कार्यालय भवनसँगै रहेको सुविधा सम्पन्न सभाहल पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top